Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी पेरिस
२०७७ चैत २० शुक्रबार ०९:३०:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फ्रान्समा एक महिना लकडाउन

Read Time : > 1 मिनेट
एजेन्सी पेरिस
२०७७ चैत २० शुक्रबार ०९:३०:००

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिएको फ्रान्सले एक महिना लकडाउन घोषणा गरेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना दिनप्रतिदिन खतराजनक भएको र यसको रोकथाम गर्नकै लागि लकडाउन गरिएको बताएका छन् । यो लकडाउनको अवधिमा देशको कुनै पनि क्षेत्रमा यात्रा नगर्न भनिएको छ । ‘यो महामारीबाट बच्न लकडाउनबाहेक अन्य विकल्प नै छैन,’ राष्ट्रपति इम्यानुएलले भने, ‘यदि यस्तो निर्णय गरिएन भने भोलिका दिनमा अस्पतालमा कोभिड–१९ का बिरामी मात्र रहनेछन् ।’ 

राष्ट्रपति इम्यानुएलले २ अप्रिलबाट लकडाउन लागू भएको बताएका छन् । राष्ट्रिय टेलिभिजनमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति इम्यानुएलले अति आवश्यक सामग्री किन्न र कामविशेषले मात्र बाहिर निस्कन आग्रह गरेका छन् । ‘अति आवश्यक पर्ने पसल खुला रहनेछ, त्यस्ता पसल खुलाउन सरकारले अनुमति दिएको छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह छ ।’ यो अवधिमा धैर्यपूर्वक बस्न राष्ट्रपति इम्यानुएलले आफ्ना जनतालाई आग्रह गरेका छन् । 

यो लकडाउनको समयमा सरकारले जनतालाई आवश्यक पर्ने सबै सुविधा प्रदान गर्ने प्रतिबद्धता उनले गरेका छन् । उनका अनुसार विनाकारण घरभन्दा १० किलोमिटरभन्दा बढी यात्रा गर्न निषेध गरिएको छ । फ्रान्समा अहिलेसम्म ४६ लाख ४६ हजार संक्रमित भएका छन् । यहाँ ९५ हजार पाँच सय दुईजनाको निधन भएको छ । 

यसैबीच, राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालय तीन हप्ताका लागि बन्द हुने बताएका छन् । ‘यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन,’ उनले भने । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुनेमध्येको फ्रान्समा यसअघि पनि दुईपटकसम्म लकडाउन भएको थियो ।

त्यो वेला दुई महिना लकडाउन भएको थियो । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।