मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत १९ बिहीबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई  घाइते

Read Time : < 1 मिनेट
२०७७ चैत १९ बिहीबार १७:१०:००

जिल्लाको बडिगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई युवा घाइते भएका छन् । बडिगाड गाउँपालिका– २ सिमलचौरको दुर्गाबहादुर भुजेलको घरमा माछा मार्ने बम बनाउने क्रममा बिहीबार दिउँसो करिब २ बजे अचानक बम विस्फोट हुँदा दुई युवा घाइते भएका हुन् । 

घाइते हुनेमा सोही ठाउँका ३१ वर्षीय मित्र राना र गुल्मीको मुसिकोट नगरपालिका– १ घर भई बडिगाड गाउँपालिका– २ सिमलचौर बस्ने अन्दाजी २७/२८ वर्षीय अरुणकुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए । 

घाइते दुईजनाको अवस्था जटिल रहेका कारण थप उपचारका लागि पाल्पाको प्रभास अस्पतालमा पठाइएको छ । घाइते  मित्र रानाको हात, खुट्टा र टाउकोमा चोट लागेको छ भने अरुणको टाउको र कञ्चटमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न बाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगर नेतृत्वको टोली घटनास्थल पुगेको छ ।