मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १९ बिहीबार १३:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दूरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाको अन्त्य हुन्छ : सञ्चारमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १९ बिहीबार १३:२०:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरूको अन्त्य गरिने बताएका छन् । 
बिहीबार मन्त्रालयले आयोजना गरेको दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तरसम्बन्धी अन्तर्क्रियामा बोल्दै मन्त्री गुरुङले दूरसञ्चार सेवासम्बन्धी समस्याको समाधान गर्दै गुनासाहरूको अन्त्य गरिने बताएका हुन् ।  

आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेकोलगायतका समस्या बोकेर सांसदहरू नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरू सधैँका लागि अन्त्य गरिने बताए । 

गुनासो समाधानका लागि दूरसञ्चारसम्बन्धी सबै सरोकारवाला एकै ठाउँमा बसेर समीक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताए । उनले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननीयज्यूहरूको नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरू र प्राविधिकहरू सबैले संयुक्त बसेर समीक्षा गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरू पनि कार्यान्वयन भएको छ । तर, त्यो कामले जनताको बीचमा, प्रत्यक्ष सेवा प्रदायकका बीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रूपमा समीक्षा गरेर सार्वजनिक सुनुवाइ पनि गरौँ । माननीयज्यूहरूले वेलावेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दूरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननीयज्यूहरूको गुनासो पनि रहिरहने, यो गुनासो निरन्तर भइराख्ने, माननीयज्यूहरू जहिले पनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’

मन्त्री गुरुङले टावर निर्माणका लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाका लागि योजना बनाउने पनि बताए ।