१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १८ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव एमाले नेपाल समूहद्वारा फिर्ता

Read Time : < 1 मिनेट
२०७७ चैत १८ बुधबार १७:४८:००

१० पुसमा तत्कालीन नेकपाका ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिइएको छ ।  २३ फागनुमा सर्वोच्चको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् रूपमै पार्टी सञ्चालन गर्ने भएपछि त्यसको प्रभावसँगै मंगलबार एमालेका सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता लिने सूचनाको पत्र बागमती प्रदेश सभामा दर्ता गराएका हुन् । एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिइएको सूचना प्रदेश सभामा दर्ता गरेका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार सांसदहरूले दर्ता गराएको सूूचना संसद् बैठकमा पेस भएपछि मात्र औपचारिक रूपमा अविश्वासको प्रस्ताव फिर्ता हुनेछ । एमालेका सांसद अरुणप्रसाद नेपाल नै प्रस्तावक रहेर अविश्वासको प्रस्ताव दर्ता गरेका कारण १० पुसमा तत्कालीन प्रचण्ड पक्षका सांसदले फिर्ता लिएको पत्र प्रदेश सभामा दर्ता गर्नु नपर्ने भएको छ । 

१० पुसमा एमालेका २३ र माओवादी केन्द्रका २२ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथिको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको एमाले नेपाल समूहका सांसद तथा अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले जानकारी दिए । तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वाेच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उनको भनाइ छ । 

माओवादी र एमालेका नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । बागमती सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ । एमाले एक्लैसँग बागमती प्रदेशमा ५७ सांसद रहेका छन् ।