१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस /सिन्ह्वा ब्राजिल
२०७७ चैत १८ बुधबार १७:१४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको एकसाथ राजीनामा

Read Time : < 1 मिनेट
रासस /सिन्ह्वा ब्राजिल
२०७७ चैत १८ बुधबार १७:१४:००

ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले  राजीनामा दिएको बताइएको छ ।

राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक संकट जेलिरहेकाे यस अवस्थामा पुनः सेनातर्फका तीनवटा उच्च पदबाट राजीनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।

गत सोमबार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।

सन्  २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक संकटको सामना गर्नुपरेको छ। कोरोना भाइरस संक्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।