मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 संसदमा दिलेन्द्र बडूको प्रश्न – प्रधानमन्त्रीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १६:५०:००

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी ओलीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो भनेर प्रश्न गरेका छन् । यसमा  गृह मन्त्रालयले के–कस्तो व्यवस्था गरेको छ संसदमा जानकारी गराउन माग गरेका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद बडूले संसद्को बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले केही दिनअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा अथवा नैतिक खतरा के हो स्पष्ट पार्न माग गरेका हुन् ।  

उनले  प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारको जवाफ माग गरे ।