१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १८ बुधबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा मालपोत कार्यालयमा बम विस्फाेट गराउने दुई पक्राउ 

दुई थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद

Read Time : < 1 मिनेट
२०७७ चैत १८ बुधबार १४:११:००

सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट घटनामा संलग्नता रहेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत चैत १ मा लहान नगरपालिका– ८ मा रहेको मालपोत कार्यालयको पहिलो तलाको दर्ता चलानी शाखानजिकै राखिएको प्रेसर कुकर बम विस्फोट हुँदा आठजना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाको १६ दिन पुगेपछि मुख्य अपराधीहरू पक्राउ गरेको दाबी गरेका छन् ।

पक्राउ पर्नेमा सिराहाको सुखिपुर नगरपालिका– ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका– ३ का २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । 

मालपोत कार्यालय भूमाफियालाई सहयोग गरिरहेको र पटकपटक चेतावनी दिँदा पनि सुधार नआएकोले जनतान्त्रिक तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समूह)को निर्देशनमा बम विस्फोट गराएको पक्राउ परेका दुवैजनाले स्वीकार गरेको डिआइजी सिंहले बताए । बम विस्फोटपछि घटनास्थलमा गोइत समूहका पर्चा पनि बरामद भएको थियो ।

बम विस्फोट गराउन गोइत समूहको निर्देशनमा सुखीपुर नगरपालिका– ८ का आरके भन्ने रामकुमार यादवले उक्त प्रेसर कुकर बम फागुन २६ मा सीमावर्ती भगवानपुर गाउँपालिकाको ठाँडीमा आफूलाई दिएको पक्राउ परेका रामरिझनले स्वीकार गरेको डिआइजी सिंहले बताएका छन् । घटनामा संलग्न दुवैलाई खोजी गर्दैगर्दा प्रदेश प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको प्रेस विज्ञप्ति जारी गरी प्रहरीले जनाएको छ ।