मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १०:३०:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १०:३०:००

अक्सर हामी वैदेशिक यात्राका क्रममा त्यहाँको स्थानीय खाना तथा फलफूलबाट प्रभावित हुन्छौँ । जुन देशमा घुमफिरका लागि गएको हो त्यहाँका स्थानीय खाना वा फलफूल चाखौँ न भन्ने हुन्छ । तर यस्ता खाद्यान्न तथा फलफूल स्वास्थ्यका लागि कत्तिको स्वस्थकर तथा हानिकारक छ भन्ने बुझ्नु जरुरी छ । विदेशमा पाइने यस्ता ड्राइफुड, मासु तथा फलफूल पूर्वजानकारीविना खानु हानिकारक हुन्छ । 

कासाभा
अफ्रिकाको धेरै क्षेत्रमा कासाभा फलको जरा खान्छन् । यसलाई स्थानीय भाषामा टापिओका भनिन्छ । कासाभाको जरा जुस तथा चिप्सका रूपमा पनि प्रयोग गरिन्छ । यसको जरा र पातमा साइनाइड नामक धातक तत्व हुन्छ । यो स्वास्थ्यका लागि निकै नै घातक हुन्छ । यसलाई राम्रोसँग नपकाई खाएमा मानिसको निधनसमेत हुन सक्छ । 

इल्डवेरिज
इल्डवेरिज एक किसिमको निकै मीठो फल हो । राम्रोसँग पकाएर खाँदा मात्रै यो सुरक्षित हुन्छ । यसको बिज, जरा र पातमा साइनाइड नामक विषालु तत्व हुन्छ । धेरै मात्रामा यो फल खाँदा शरीरमा साइनाइडको मात्रा थुप्रिने हुँदा कमजोर बनाउनुका साथै उच्च ज्वरोसमेत आउन सक्छ । काँचै वा नपकाई खाएमा डाइरिया पनि हुन सक्छ । 

काजु
ड्राइफुडमध्ये काजु निकै चर्चित छ । तर, धेरैलाई थाहा नहुन सक्छ, काँचो काजुमा धेरै घातक रसायन तत्व हुन्छ । यसमा युरासियोल नामक विष हुन्छ । काँचो काजु धेरै खाँदा शरीरमा हानि पुर्‍याउँछ । यसकारण नै विज्ञहरूले काँचो काजु कहिले पनि नखान सल्लाह दिन्छन् । 

ठूलो भ्यागुतो
अफ्रिकाको नामिबियामा विशाल रूपको भ्यागुतो खाने प्रचलन छ । नामिबियामा यो लोकप्रिय खानामै पर्छ । तर, भ्यागुतो पूर्ण रूपमा परिपक्व नभई खाएमा स्वास्थ्यका लागि निकै हानिकार हुन्छ । पूर्ण वयस्क नभएको भ्यागुतो खाँदा मिर्गौला फेल हुने सम्भावना हुन्छ ।

फेसिख
फेसिख माछा इजिप्टको एक किसिमको परम्परागत खाना हो । स्थानीय भाषामा यसलाई तुफान माछा भनिन्छ । इजिप्टको पूर्वीक्षेत्रमा यसको प्रयोग अधिक छ । स्थानीय मेला सेम–अल–नसिममा यो खाना अझै धेरै फेसिख बन्ने गर्छ । यो माछा खानुअघि नुन राखेर एक वर्षसम्म घाममा सुकाउनुपर्छ अन्यथा यो निकै विषालु हुन्छ । 

ब्लड क्लम्स
ब्लड क्लम्स चीनमा बग्ने नदी तथा नालाहरूमा पाइने स–साना किरा हो । यो किरा कम अक्सिजन भएको वातावरणमा हुर्किन्छ र बस्छ । यसमा अधिक ब्याक्टेरिया तथा भाइरस हुन्छन् । ब्लड क्लम्सलाई चीनमा स्वादिलो खानाका रूपमा प्रयोग गरिन्छ । तर, यसलाई सुरक्षित रूपमा नखाए यसमा हुने भाइरसले हेपाटाइटिस ए, हेपाटाइटिस इ तथा टाइफाइड रोग निम्त्याउँछ । 

फुगु
जापानमा पाइने फुगु माछामा टेट्रोडोटक्सिन र न्युरोटोक्सिन हुन्छ । यसले शरीर न्यानो बनाउने गर्छ । यदि फुगु माछालाई सही रूपमा तयार पारिएको छैन भने यसले पक्षघातसमेत गराउँछ । जापानमा फुगु माछा बनाउने मानिसले वर्षौं तालिम लिएका हुन्छन् । अनुभवी सेफले मात्रै यो माछा पकाउन सक्छन् । 

अकी
अकी जमैकाको राष्ट्रिय फल हो । सावधानी नअपनाई यो फल खाएमा निकै जोखिमपूर्ण हुन्छ । यसमा हुने हाइपोग्लाइसिन नामक तत्वले बान्ता गराउँछ । यो फल पूर्ण रूपले पाकेको अवस्थामा मात्र खानु पर्छ । यसमा हुने कालो रंगको विषलाई पहिला नै फयाँक्नुपर्छ । 

बाँदरको मस्तिष्क
एसियाको विभिन्न देशमा बाँदरको मासु खाने गरिन्छ । यी भेगमा विशेषत बाँदरको मस्तिष्क काँचै, पकाएर वा उसिनेर पनि खाने गरिन्छ । तर, बाँदरको मस्तिष्क खाँदा क्रेउटफेल्ड जाकोब नामक रोग लाग्न सक्छ । सामान्य भाषामा यो रोगले मस्तिष्क बिगार्ने काम गर्छ ।