मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १८ शनिबार
  • Saturday, 01 May, 2021
२०७७ चैत १८ बुधबार ०८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घाँस काट्न गएका महोत्तरीका सात बालिका सम्पर्कविहीन

Read Time : < 1 मिनेट
२०७७ चैत १८ बुधबार ०८:५७:००

महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी सम्पर्कविहीन भएका छन् । महोत्तरीको भंगहा नगरपालिका– ८ धर्मपुर पासमान टोलका सातैजना किशोरी  वडा नं. ९ अजगेवा चौरी क्षेत्रमा मंगलबार घाँस काट्न गएका थिए ।

उनीहरू साँझसम्म पनि घर नफर्किएपछि खोजीकार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सक्रियतामा मंगलबार साँझैदेखि खोजबिन गरिए पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

सम्पर्कविहीन हुनेहरूमा वडा नं. ८ निवासी बद्री पासमानकी १८ वर्षीया छोरी अस्मिता पासमान, विष्णु पासमानकी छोरी १३ वर्षीया छोरी ज्योति पासमान, अरविन्द पासमानकी १२ वर्षीया छोरी अर्चना पासमान, विजय पासमानकी १४ वर्षीया छोरी रञ्जना पासमान, ज्ञानकुप पासमानकी १५ वर्षीया छोरी रिया पासमान, कृष्ण पासमानकी १८ वर्षीया छोरी नगिना पासमान र देवनन्दन पासमानकी  १० वर्षीया छोरी सीमा पासमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरीमा जानकारी आउनासाथ उनीहरूको खोजीकार्य सुरु गरिएको भए पनि हालसम्म उनीहरूको अवस्था पत्ता नलागेको बताए । 

एसपी आचार्यले भने, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ, उनीहरूको अवस्था के छ भन्ने सम्बन्धमा ठ्याक्कै अहिले केही भन्न सकिने अवस्था छैन,  खोजीकार्य जारी छ ।’

अपडेट 

बालिकाहरूको खोजबिन गर्दा उनीहरू भारतको सीतामढी रेल्वे स्टेसनतर्फ लागेको अपुष्ट जानकारी  प्राप्त भएको एसपी आचार्यले बताएका छन् । यद्यपि यसको अझै पुष्टि हुन सकेको छैन । उक्त रेल्वे स्टेसन महोत्तरीको जलेश्वरबाट करिब ४० किलोमिटरको दूरीमा पर्छ ।