१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १८ बुधबार ०६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माधव नेपाल र भीम रावललाई गरेको कारबाहीमा अनेरास्ववियुको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १८ बुधबार ०६:४८:००

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अवैधानिक, गुटगत र पूर्वाग्रहपूर्ण ढंगले कारबाहीको निर्णयको गरेको भन्दै अनेरास्ववियुले निन्दा गरेको छ । एमाले अध्यक्ष केपी ओलीले अवैधानिक रूपमा गरेको कारबाहीको निर्णय मान्य नरहेको अनेरास्ववियुले जनाएको छ । 

माधव नेपाल समूहनिकट अनेरास्ववियुले राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व कम्युनिस्ट आन्दोलनलाई विभाजन र क्षतविक्षत पार्न साम्राज्यवादी शक्तिहरूले कम्युनिस्ट पार्टीभित्रकै पात्रलाई उपयोग गर्ने प्रवृत्तिको पुनरावृत्ति भएको बताएको छ । अनेरास्ववियुले सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो र सुदृढ बनाउन यस्ताखाले कठपुतली र धुन्धुकारी प्रवृत्तिको अनेरास्ववियु भत्र्सना गर्दछ ।’ 

भेलाले सुदेश पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । १० चैतमा काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले शैक्षिक र राजनीतिक विषयमा निर्णय गरेको छ । ‘शैक्षिक विकृति र सांगठनिक अराजकताको अन्त्य गरौँ, अनेरास्ववियुलाई एकताबद्ध र सुदृढ बनाऔँ’ भन्ने नाराका साथ भेला सम्पन्न गरेको हो । 

कोभिड– १९ ले आक्रान्त पारेको शैक्षिक क्षेत्रमा विभिन्न विश्वविद्यालयले गरेको शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले विरोध गरेको छ । कोभिडको अवधिमा पनि शुल्क लिएका शैक्षिक संस्थाले तुरुन्त शुल्क फिर्ता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । साथै देशका विभिन्न शैक्षिक संस्थाहरूमा शुल्कवृद्धि र लकडाउन समयावधिको शुल्क छुट दिन गरिएका आन्दोलनहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै सम्बन्धित निकायलाई कार्यान्वयन गर्न माग गरेको छ । 

अनेरास्ववियुले म्यानमारमा भएको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नरसंहारसहितको सैनिक ‘कु’को भत्र्सना गरेको छ । त्यसैगरी चीनबाट कोरोनाका कारण फर्केका साढे दुई सय एमबिबिएस विद्यार्थीको इन्टर्नसिपका लागि गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीलाई तत्काल इन्टर्नसिपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।