मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १७ मंगलबार ११:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कप्तान विराज महर्जनले गरे दशरथ रंगशालाबाट सन्न्यासको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १७ मंगलबार ११:५८:००

सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन् । उपाधि जितेको नेपाललाई खुसीसँगै विराजको सन्न्यासले केही भावुक पनि बनायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औँ अन्तर्राष्ट्रिय खेल करिअर खेल्दै सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्न्यासको घोषणा गरेका हुन् । अन्तिमपटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

डेढवर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्षपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करिअरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि भएका थिए ।