मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १७ मंगलबार १०:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी प्रथम 

Read Time : < 1 मिनेट
२०७७ चैत १७ मंगलबार १०:३१:००

पश्चिम चितवनको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ  प्रथम भएकी छिन् । 

‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि म’ भन्ने नाराका साथ तराई होलीको अवसरमा आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर ६ को दक्षिणकाली मन्दिरदेखि भरतपुर– १३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो । 

झन्डै २ किलाेमिटरको दौड गुरुङले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी प्रथम भएकी हुन् । चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् । मकवानपुरकी सपना गुरुङले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुँदा ७ मिनेटमा उक्त दूरी पूरा गरी लमजुङकी वाला गुरुङ चौथो भइन् । 

५० भन्दा बढी धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद चार हजार चार सय ४४, द्वितीय हुनेले तीन हजार तीन सय ३३, तृतीय हुनेले दुई हजार दुई सय २२ र सान्त्वना हुनेले एक हजार एक सय ११ को साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए । 

कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटकमार्फत चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको लियो क्लब अफ गीतानगरका अध्यक्ष सञ्जीव ओझाले जानकारी दिए ।