मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत १७ मंगलबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत १७ मंगलबार ०९:५७:००

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ६ थामीझोडा बस्ने ५० वर्षीय यामबहादुर बोहराको जंगली हात्तीको आक्रमणमा सोमबार राति  मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार राति छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्कँदै गरेका बोहरालाई जंगलबाट आएका तीनवटा जंगली हात्तीले कुल्चेर  गम्भीर घाइते बनाएका थिए ।  

घाइते बोहराको उपचारका लागि उर्लाबारीतर्फ  लैजाँदै गर्दा  राति ११ बजे बाटोमा मृत्यु भएको हो ।