१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १६ सोमबार ०९:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेत्र एटमको ‘प्रिय मौनता’ कवितासंग्रह सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १६ सोमबार ०९:१७:००

कवि तथा समालोचक नेत्र एटमको कवितासंग्रह ‘प्रिय मौनता’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार अयोजित कार्यक्रमबीच कवि एटमको संग्रह सार्वजनिक गरिएको हो । संग्रहमा प्रेम र समर्पण भावका ६० कविता संग्रहित छन् ।

संग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभिप्साको उद्बोधन र उपासनाको आलोक खण्ड रहेका छन् । कार्यक्रममा कवि एलिसा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले कवि एटमका कवितावाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा भने प्रा.डा. कृषणहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले ‘प्रिय मौनता’माथि विचार राखेका थिए ।

कार्यक्रमा बरालले भने, ‘यो कवितासंग्रहले नेपाली काव्यक्षेत्रमा छलफलको नयाँ विषयको सुरुवात गरेको छ ।’ साथै सापकोटा र शर्माले पनि एटमको कवितासंग्रहले नयाँ बाटोको खोज गरेको बताएका थिए । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।