मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १५ आइतबार ०९:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्टक डिलरले लगानी गर्ने योग्य कम्पनी छानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १५ आइतबार ०९:४३:००

स्टक डिलरले लगानी गर्न सक्ने योग्य हुने कम्पनीहरूको सूची नेप्सेले सार्वजनिक गरेको छ । स्टक डिलरले कुल ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको हो । यसअनुसार बजारमा सूचीकृत सबै वाणिज्य बैंकहरूको सेयर स्टक डिलरले किनबेच गर्न पाउने भएको छ । विकास बैंकहरूमा भने एक्सेल, गरिमा, ज्योति विकास, कामना सेवा, मितेरी, मुक्तिनाथ र साइन रेसुंगाको सेयर किनबेच गर्न पाउने भएको हो । 

लघुवित्तमा छिमेक, आरएमडिसी, आरएसडिसी र साना किसान लघुवित्त, होटेलमा तारा गाउँ रिजेन्सी (हायात होटेल) र अन्य समूहबाट नेपाल टेलिकमको सेयर किनबेच गर्न सक्ने भएको हो । 

तीन वर्षदेखि नाफामा भएको, कम्तीमा १० हजार लगानीकर्ता भएको र २० करोडभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको सेयर मात्रै स्टक डिलरले किनबेच गर्न पाउने व्यवस्था छ । यसरी कारोबार गरिने कम्पनीको कम्तीमा वर्ष दिनमा ८० प्रतिशत कारोबार भइरहेको हुनुपर्नेछ । 

हाल स्टक डिलरका रूपमा भने नेपाल टेलिकम, नागरिक लगानी कोष र पुनर्बिमा कम्पनीको लगानीमा नागरिक स्टक डिलर सञ्चालनमा आएको छ । आफ्नै मातृ कम्पनीको सेयर किन्न नपाइने भएकाले नागरिक स्टक डिलरले नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा परे पनि नेपाल टेलिकमको सेयर किनबेच गर्न पाउने सम्भावना कम छ ।

३ अर्ब ५० करोड चुक्ता पुँजी रहेको नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको क्रमशः ५१ प्रतिशत, १० प्रतिशत र ९ प्रतिशत लगानी छ ।