मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १४ शनिबार १३:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थप्यो : सभामुख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १४ शनिबार १३:२८:००

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपेको बताएका हुन् ।

 तर,पनि ठुल्ठूला बहसपछि संसद्ले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाए ।  गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुद्र मन्थन भई संसद्ले पुनः गति लिएको बताए । तर, अझै पनि बहस नसकिएको सभामुख सापकोटाले बताए ।

उनले भने ‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौँ । पहिला–पहिला भनिने गरिन्थ्याे समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थनजस्तै गरी धेरै ठूलो बहस गर्‍यौँ । त्यो बसहको बीचबाट फेरि नेपालीहरूले पहलकदमी लिए र सफलता पनि हासिल गर्दै छन् । तर, सफलता र फेरि त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन् तपाईं अन्तिम संष्लेषणमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ । यसले सही निष्कर्षतिर नै पुर्‍याउँछ । हाम्रो बहस जारी छ ।’

संसद्मा जनअपेक्षाअनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे । उनले भने ‘अहिले अलिकति अपेक्षाकृत ढंगले संसद्ले सिंगो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाबभित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईंहरूले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’ तर, पनि राष्ट्रियताको सवालमा संसद्ले अद्भुत एकता प्रदर्शित गरेको र ठुल्ठूला समस्याको समाधान गरेको पनि बताए ।

संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रस्ट पारेका छन् । अहिले केही अन्योल देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए । उनल भने ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निरासश हुनुपर्ने कुरा छैन । किनभने समस्या आउँछन् ।