१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत १३ शुक्रबार १७:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तेस्रो अन्नपूर्ण म्याराथन २० जेठमा  

Read Time : > 1 मिनेट
२०७७ चैत १३ शुक्रबार १७:२६:००

विश्वकै १० पदयात्रा मार्गअन्तर्गत रहेको अन्नपूर्ण पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन २०२१ आउँदो २० जेठमा हुने भएको छ । जुन थर्ड (२० जेठ) अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा म्याराथन हुने भएको हो ।

खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरेको आयोजक समितिका अध्यक्ष ललित गुरुङको भनाइ छ । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ । सोही दिनको अवसर पारी खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन आयोजना गदै आइएको अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तो छ रुट र उचाइ
चार हजार एक सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु हुने म्याराथन तीन हजार सात सय मिटरको माछापुच्छ्रे आधार शिविर, तीन हजार  दुई सय ३० मिटरको देउराली, तीन हजार दुई सय ७० मिटरको हिमालय, दुई हजार आठ सय ७० मिटरको दोभान, दुई हजार तीन सय ३५ मिटरको बाम्बो, दुई हजार एक सय ७० मिटरको छोम्रोङ, दुई हजार सात सय ५० मिटरको टाडापानी हुँदै एक हजार नाै सय ४० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर समापन हुने प्रचार संयोजक टंक अधिकारिले जानकारी दिए । 

सन २०१८ देखि सुरु म्याराथन गत वर्ष कोभिड– १९ का कारण हुन सकेको थिएन । यस वर्ष स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी म्याराथनसँगै अन्नपूर्ण पर्यटन महोत्सवसमेतलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार १८ देखी २० गतेसम्म तीन दिन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महोत्सव हुनेछ । म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले र दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।