मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बसन्त खतिवडा
२०७५ फाल्गुण ३ शुक्रबार १०:३८:००
Read Time : > 1 मिनेट
समाचार

नगर भित्रको फोहोर उपमहानगर कार्यालयमै राखियो !

Read Time : > 1 मिनेट
बसन्त खतिवडा
२०७५ फाल्गुण ३ शुक्रबार १०:३८:००

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले डम्पिङ साईटको रुपमा प्रयोग गर्दै आएको स्थानमा स्थानीयले फोहोर फाल्न नदिएपछि समस्या भएको छ । संकलन गरिएका फोहोर फाल्ने ठाउँ नहुँदा उपमहानगरले फोहोर बोकेका सवारीहरु आफ्नै कार्यालय परिषरमा राख्न राखेको छ । 

यस अघि उपमहानगरले पथलैया–निजगढ सडक खण्डको दुधौरा पुलबाट ७ सय मिटर दक्षिणमा वडा नम्बर १ र ४ को सिमानामा पर्ने बन क्षेत्रलाई डम्पिङ साईटको रुपमा प्रयोग गर्दै आएको थियो । उक्त क्षेत्रमा फोहोर फाल्न स्थानीयले विरोध गरेपछि फोहोर उपमहानगरपालिकाको कार्यालय परिषर भित्रै राखिएको हो । दुईवटा ठुला गाडी र दुई वटा ट्याक्टरमा संकलन गरिएको फोहोर नगर कार्यालयको कम्पाउडभित्र त्रिपालले छोपेर राखिएको छ । 

नगरको फोहोरमैला ब्यवस्थापन समितिका सभापतिसमेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्रीले बन क्षेत्रमा सुरक्षित रुपमा ब्यवस्थापन हुँदै आएको फोहोरमा स्थानियले अनावश्यक रुपमा बिवाद निकालेको बताउँछन् । यसअघि प्रयोग हुँदै आएको डम्पिङ साईट मानव बस्तीदेखि करिब एक किलोमिटरको दुरीमा रहेको थियो । बस्ती नजिकै फोहोर फाल्दा स्वास्थ्यमा खतरा हुने भन्दै स्थानियले उक्त स्थानमा फोहोर फाल्न नदिएका हुन् । 

फोहोरमैला व्यवस्थापन समितिका सभापति खत्रीले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै किटाणु र दुर्गन्ध नियन्त्रणको लागि नगरले आवश्यक मात्रामा औषधी छरिरहेको बताए । ‘एक त मानव बस्ती भन्दा पर छ, अर्को उहाँहरुको स्वास्थ्य प्रति हामी पनी गम्भीर छौं ।’ खत्रीले भने, ‘एउटा गम्भीर असमझदारी देखा परेको हो । हामी समाधानमा लागीपरेका छौं ।’

नगरले सो क्षेत्रलाई अझै व्यवस्थित बनाउन कम्पाउण्ड वाल निर्माणसमेत सुरु गरिसकेको उनले बताए । जीतपुरसिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलले फोहोर व्यवस्थापनको लागि बन क्षेत्र बाहेक अन्य बिकल्प नभएका कारण फोहोर लोड भएका सवारीलाई अस्थाई रुपमा  कार्यालय परिषरमै राख्न बाध्य भएको बताए ।