मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय दलको बैठकमा सहभागी हुने नेपाल समूहको निर्णय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १६:४३:००

नेपाल कम्युनिस्ट पार्टी (एमाले) झलनाथ–माधव समूहले पार्टीलाई बलियो र गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको झलनाथ–माधव पक्षका केन्द्रीय कमिटी सदस्यहरूको बैठकले पार्टीलाई बलियो, गतिशील र क्रियाशील बनाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरिएको नेकपा (एमाले)का नेता रघुजी पन्तले बताए ।

त्यसका निम्ति प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजना गरिने संसदीय दलको बैठकमा जाने निर्णय भएको पनि पन्तले बताए । उनले भने,  ‘हामी नेकपा (एमाले)भित्रै बसेर पार्टीलाई बलियो बनाउनका लागि, पार्टीलाई शुद्ध बनाउनका लागि, पार्टीलाई गतिशील र क्रियाशील बनाउनका लागि र पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने हाम्रो नीतिअनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुराहरू राख्ने भन्ने हामीले निर्णय गरेका छौँ ।’

बैठकपछि बोल्दै नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी सदस्यहरूले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठकको माग गर्ने निर्णय गरेको बताए । उनले भने, ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ । मरेको नेकपा (एमाले)लाई जहाँ ब्युँताइदियो, त्यो ब्युँतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पत्ति, जो जे हुन् त्यही बिन्दुमा फर्काएको हुनाले पार्टी त्यहीँबाट सुरु हुनुपर्छ भनेर हामी केन्द्रीय कमिटी सदस्यहरूले दस्तखत गरेर बैठकको माग गर्ने निर्णय गर्‍याैँ । संसदीय दलको बैठकमा जाने, आफ्ना कुराहरू राख्ने, नोट अफ डिसेन्ट राख्ने त्यहाँबाट फर्किने ।’

संसदीय दलको बैठकमा गएर नोट अफ डिसेन्ट राखेर फर्किने नेता पाण्डेले बताए ।