१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७७ चैत १३ शुक्रबार ११:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी टुर्घटना हुँदा असइको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७७ चैत १३ शुक्रबार ११:११:००

सवारी दुर्घटनामा परेर एक प्रहरी असइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत मदनजंग कापरले चलाएको मोटरसाइकल ट्रकमा ठोक्किँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका– १० लालगढस्थित पुलनजिक शुक्रबार बिहान करिब ३ बजे उक्त  दुर्घटना भएकाे हाे । 

महोत्तरीको बर्दिबासबाट जनकपुरधामतर्फ आउँदै गरेका कापरले चलाएको लु.५३प ८५७५ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको ना.५ख ७९९० नम्बरको ट्रकमा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी घर भएका चालक विरजुकुमार चौधरीलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक असइको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मृतक असइ धनुषा क्षीरेश्वरनाथ निवासी हुन् ।