मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी वासिङ्टन
२०७७ चैत १३ शुक्रबार १०:२७:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाले म्यानमारमा थप प्रतिबन्ध लगाउने

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ चैत १३ शुक्रबार १०:२७:००

अमेरिकाले म्यानमारमा ‘कु’ गरी सत्ता हातमा लिएको सैनिक सरकारमाथि विभिन्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । सेनाले आफ्नो कब्जामा लिएका सबै कम्पनीमा आर्थिक सहयोग कटौती गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले म्यानमार इकोनोमिक कर्पोरेसन र म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेडलाई कालो सूचीमा राख्ने भएको छ । 

अमेरिकाले यी दुवै कम्पनीका सम्पत्ति फ्रिज गर्न सक्छ । यसअघि, अमेरिका, बेलायत, युरोपियन युनियन तथा क्यानडाले म्यानमारका सैनिक जनरलमाथि प्रतिबन्ध लगाएका थिए । गत फेब्रुअरीमा सेनाले नेत्री आङसान सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्दमा राखी सत्ता हातमा लिएको थियो ।

गत वर्षको नोभेम्बर महिनामा सुकीसमर्थित पार्टीले बहुमत प्राप्त गरेको थियो । यसैबीच, सेनाले चालेको कदमविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म म्यानमारमा दुई सय ७५ प्रदर्शनकारीको निधन भएको छ । सेनाले ६ सय २८ प्रदर्शनकारीलाई रिहा गरेको छ ।