Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ चैत १३ शुक्रबार ०९:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छोराको हत्या गरी आमाद्वारा आत्महत्या प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ चैत १३ शुक्रबार ०९:५६:००

दैलेखको डुंगेश्वर गाउँपालिका–३ लेक्चाका थिरबहादुर थापा मगरकी श्रीमती हिरा थापा मगरले तीन वर्षीय छोरा उमेशको हत्या गरी आत्महत्या प्रयास गरेकी छिन् ।छोरालाई डोरीले झुन्ड्याएर हत्या गरी उनले लेक्चा खोलाको भिरबाट हामफालेर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए ।

‘उनी आफूसमेत सख्त घाइते भएकी छिन् । अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।’

स्थानीय गणेश थापा मगरले बिहीबार दिउँसो १ बजेतिर हिराले छोरालाई पासो लगाएर हत्या गरी आफू पनि भिरबाट हामफालेर आत्महत्या प्रयास गरेको जानकारी दिए ।