मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी टोकियो
२०७७ चैत १३ शुक्रबार ०८:४६:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जापानमा विवाह गर्नेको  संख्या ७१ वर्षयताकै कमी

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
२०७७ चैत १३ शुक्रबार ०८:४६:००

जापानमा विवाह गर्नेको संख्या ७१ वर्षयताकै कम भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको प्रभावका कारण सन् २०२० मा पाँच लाख ३७ हजार पाँच सय ८३ जना वैवाहिक बन्धनमा बाँधिएका छन् । स्न २०१९ को तुलनामा यो १२.७ प्रतिशतले कमी हो । सन् २०१९ मा जापानमा २५ हजार नौ सय १७ नवजात शिशु जन्मिए । गत वर्षको तुलनामा नवजात शिशु जन्मिने संख्यामा समेत कमी आएको छ । 

स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष तयार पार्ने प्रतिवेदनअनुसार एक सय २२ वर्षपछि जापानमा नवजात शिशु जन्मने संख्यामा कमी आएको हो । विवाह नगर्नु र र शिशु नजन्मनुको प्रमुख कारण नै कोरोना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण युवा तथा वयस्कमाथि आर्थिक भार परेको छ । विवाह महोत्सवमा ह्रास आउँदा विवाह गराउने कम्पनीहरू आर्थिक मारमा परेको एजेन्सीहरूले जनाएका छन् । 

विवाह समारोह आयोजना गर्ने कम्पनीले जापानमा २०–४९ वर्ष उमेरका एकचौथाइ मानिस अविवाहित भएकोे जनाएको छ । टोकियोमा रहेको सर्का टे«बल कम्पनीले युवायुवतीलाई विवाहप्रति आकर्षित गराउन विभिन्न योजना सार्वजनिक गरिरहेको छ । यस योजनामा पुरुषभन्दा महिला आकर्षित भएका छन् । अर्थतन्त्र कमजोर भएपछि युवायुवतीले विवाह नगर्नु आश्चर्यजनक मानिएको छ । 

सरकारले युवायुवतीले समयमै विवाह नगर्दा देशकै रोजगार अवस्थासमेत धराशायी हुने जनाएको छ । योकोहामा सहरमा कोरोना भाइरस महामारीका रूपमा फैलिनुअघिसम्म शनिबार र आइतबार औसतमा आठ जोडी विवाह गर्न आउने गरेको एक विवाह कम्पनीले जनाएको छ ।