मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२०७७ चैत १२ बिहीबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा भेटियो मानव खप्पर, बेपत्ता दम्पतीको हुन सक्ने आशंका

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७७ चैत १२ बिहीबार ११:५९:००

महोत्तरीको पिपरा गाउँपालिका– २ अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र एक मानवको खप्पर फेला परेको छ । सोही ठाउँमा हड्डी मात्र भएको हात र थोरै कपाल पनि भेटिएको छ । हड्डी र खप्परको प्रकृति हेर्दा मृत भएको धेरै समय नभएको प्रहरीले आशंका गरेको छ ।

केही समयअघि सोही गाउँका दुई दम्पती बेपत्ता भएका थिए । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियाे । खप्पर भेटिएको  घटनास्थलमा अहिले प्रदेशबाट सिआइडीको टोली र एसएसपी मोसाउद अलिखाँडको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ ।