मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
म्याक्स फिसर/जोस केलर
२०७७ चैत १२ बिहीबार ०९:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बन्दुकको मारमा अमेरिका 

Read Time : > 2 मिनेट
म्याक्स फिसर/जोस केलर
२०७७ चैत १२ बिहीबार ०९:५२:००

अमेरिकामा विश्वका ४.४ प्रतिशत जनसंख्या बसोवास गर्छन्, तर विश्वको कुल बन्दुकमध्ये ४२ प्रतिशत यहीँ छ

विश्वले अमेरिकालाई एक अवसरको भूमिको रूपमा हेर्ने गर्छ । तर, प्रशंसक र आलोचक दुवै थरी अमेरिकाको उच्च बन्दुक आक्रमणलाई लिएर हैरान भएर प्रश्न गर्ने गर्छन् – आखिर यो देशमा यति धेरै बन्दुक आक्रमण किन हुन्छ ? यसको कारणबारे विभिन्न थरी अनुमान पनि गरिन्छ– अमेरिकी समाज अत्यधिक हिंसात्मक छ, त्यसैले बन्दुक आक्रमण धेरै हुनु स्वाभाविक हो । वा, नश्लीय रूपमा अमेरिकी समाज विभक्त भएकाले ठुल्ठूला बन्दुक आक्रमणका लागि पनि मानिसका हात काम्दैनन् । अथवा, सम्पन्न मुलुकमध्ये महँगो मानिने अमेरिकाको स्वास्थ्य प्रणालीले मानसिक स्वास्थ्यलाई पर्याप्त ध्यान नदिने भएकाले यो समस्या यति उच्च दरमा घट्छ भनेर सोच्नेहरू पनि छन् । विश्वका अन्य देशमा हुने बन्दुक आक्रमणमा उल्लेखित कारणले भूमिका खेल्ने अध्ययनमा देखिएकाले अमेरिकाबारे पनि यस्तो सोचिएको हुन सक्छ । तर, मूल समस्या अमेरिकामा बन्दुक उच्च दरमा देखिन्छ । 

अमेरिकामा विश्वका ४.४ प्रतिशत जनसंख्या बसोवास गर्छन्, तर विश्वको कुल बन्दुकमध्ये ४२ प्रतिशत यहीँ छ । अमेरिकी प्राध्यापक एडम ल्याकंफोर्डले सन् २०१५ मा गरेको एक अध्ययनअनुसार सन् १९९६ देखि सन् २०१२ बीच विश्वका कुल सार्वजनिक बन्दुक आक्रमणकारीमध्ये ३१ प्रतिशत अमेरिकी थिए । ल्याकंफोर्डले अध्ययनमा विश्वभर नै देशभित्र रहेको बन्दुक संख्या र सार्वजनिक स्थलमा हुने बन्दुक आक्रमणको सम्भावनाबीच सम्बन्ध भेटे । 

यदि मानसिक स्वास्थ्यले बन्दुक आक्रमणलाई असर गथ्र्यो भने अमेरिकाको मानसिक दर न्यून बन्दुक आक्रमण हुने देशमा भन्दा उल्लेख्य फरक हुने थियो । तर, अमेरिकाको मानसिक स्वास्थ्य पेसाकर्मीको संख्या र जटिल मानसिक समस्याको दर अन्य सम्पन्न मुलुककै हाराहारीमा छ । सन् २०१५ मा सम्पन्न एक अध्ययनले बन्दुकबाट हुने चार प्रतिशत मृत्यु मात्र मानिसक समस्यासँग जोडिएको पाइएको थियो । ल्याकंफर्डले बताएअनुसार उच्च आत्महत्या दरले खासमा बन्दुक आक्रमणको दर घटाउँछ । यसलाई सही मान्दा मानसिक स्वास्थ्य उच्च हुँदा बन्दुक आक्रमण कम हुनुपर्ने हो । भिडियो गेम खेल्ने दरले पनि बन्दुक आक्रमण दरमा प्रभाव पारेको देखिँदैन । सामाजिक एकतासँग जोडिएको नश्लीय विविधता बन्दुक आक्रमणसँग हल्का मात्र जोडिएको हुन्छ । 

सन् २००९ मा अमेरिकामा बन्दुकबाट हुने हत्या प्रतिदश लाखमा ३३ थियो, जुन अन्य विकसित मुलुकको औसतभन्दा निकै नै धेरै हो । क्यानडा र ब्रिटेनमा यो दर क्रमशः प्रतिदश लाख ५ र ०.७ छ । केही अमेरिकी यसलाई समाजमा व्याप्त आपराधिक समूहको उपस्थितिको प्रतिफल मान्छन् । तर, सन् १९९९ मा फ्य्रांकलिन जिमरिङ र गोर्डन हकिन्सले गरेका ऐतिहासिक अध्ययनले अमेरिका अन्य समाजभन्दा हिंसात्मक नरहेको निष्कर्ष निकाल्यो । तिनको अध्ययनले अमेरिकी अपराध अन्यत्रको भन्दा घातक भएको मात्र पुष्टि गर्‍यो । यस्तै निष्कर्ष अन्य अध्ययनले बारम्बार पुष्टि गरेका छन् । एकजना न्युयोर्कवासी र लन्डनवासी लुटिने सम्भावना बराबर हुन्छ, तर यस प्रक्रियामा न्युयोर्कवासी मारिने सम्भावना लन्डनवासीभन्दा ५४ गुणा बढी हुन्छ । यो भिन्नता बन्दुकले सिर्जना गरेको जिमरिङ र हकिन्सको अध्ययनको निष्कर्ष थियो । कुनै पनि समाजमा हिंसा नहुने त होइन, तर उच्च बन्दुक स्वामित्वले हत्या बढाउँछ । 

उदाहरणका लागि सन् २०१० देखि २०१२ बीचमा चीनका विद्यालयमा विद्यार्थीमाथि भएका एक दर्जन आक्रमणमा २५ जना मारिए । धेरै आक्रमणमा चक्कु प्रयोग भएको थियो, तर कुनैमा बन्दुक चलाइएन । तर, सोही अवधिमा अमेरिकामा पाँच ठुल्ठूला बन्दुक आक्रमण भए । ७८ मानिस मारिए । 

जनसंख्या मिलाएर हेर्ने हो भने अमेरिकामा भएको आक्रमण चीनको भन्दा १२ गुणा घातक हो । सन् २०१३ मा अमेरिकामा बन्दुकसम्बन्धी हत्यामा २१ हजार १७५ मृत्यु आत्महत्यामार्फत, ११ हजार २०८ मृत्यु हत्याबाट र ५०५ मृत्यु बन्दुकको दुर्घटनावश प्रयोगले भएका थिए । त्यही वर्ष अमेरिकाको एकतिहाइ जनसंख्या रहेको जापानमा बन्दुकका कारण जम्मा १३ मृत्यु भयो । अर्थात्, अमेरिकीहरू बन्दुकको नियतवश वा दुर्घटनावश प्रयोगबाट मर्ने सम्भावना जापानीको भन्दा ३०० गुणा रहेछ । अमेरिकाको बन्दुक स्वामित्व दर जापानको भन्दा १५० गुणा बढी छ । १५० र ३०० को यो भिन्नताले अलग पक्षलाई संकेत गर्छ । 

कसले बन्दुक किन्न पाउने र कस्तो बन्दुक राख्न पाउने भन्नेमा पनि अमेरिकी कानुन निकै लचिलो छ । विश्वमा मेक्सिको, ग्वाटेमाला र अमेरिकामा मात्र बन्दुक राख्न पाउनुलाई जनताको नैसर्गिक अधिकार मानिएको छ । अमेरिकाले सायद कठोर नियमले निम्त्याउने परिवर्तनलाई अन्य देशले भन्दा फरक रूपले हेर्छ । त्यसैले यहाँको बन्दुक कानुन यति कमजोर छ । सन् १९८७ को बन्दुक आक्रमणपछि ब्रिटेनले कठोर बन्दुक नियन्त्रण कानुन पास ग¥यो । 

अस्ट्रेलियाले पनि सन् १९९६ को बन्दुक हमलापछि उस्तै कठोर कानुन पास ग¥यो । तर, अमेरिकामा ठुल्ठूला हत्याकाण्ड हुँदा पनि कानुनमा कुनै फेरबदल भएन । अमेरिकाले बन्दुकसँग जोडिएको हिंसालाई स्वाभाविक मानेजस्तो देखिन्छ । तथ्यांक तथा नियमनभन्दा पनि छनोटको सवालमा अमेरिका अन्य देशभन्दा भिन्न देखिन्छ । ‘फर्किएर हेर्दा स्यान्डी हुक आक्रमणपछि अमेरिकाको बन्दुक नियन्त्रणसम्बन्धी बहसको अन्त्य भयो,’ ब्रिटिस पत्रकार ड्यान होजले सन् २०१२ मा २० जना विद्यार्थीको ज्यान लिने हत्याकाण्डलाई उल्लेख गर्दै लेखेका थिए, ‘जब अमेरिकाले बालबालिकाको हत्यालाई पनि सह्य मान्यो, त्यसपछि कुनै बहस बाँकी रहेन ।’