मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बट्र्रान्ड बड्रे/लसेन्स डाजियानो
२०७५ फाल्गुण ३ शुक्रबार १०:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

वित्तीय प्रणाली सुधार्ने दोस्रो मौका

Read Time : > 2 मिनेट
बट्र्रान्ड बड्रे/लसेन्स डाजियानो
२०७५ फाल्गुण ३ शुक्रबार १०:१०:००

विश्व अर्थ :

सन् २०१८ को डिसेम्बरमा अमेरिकी सेयरले सब–प्राइम धितोपत्र संकटयताकै तीव्र मासिक कमी व्यहोरेको थियो । सेयर मूल्यमा आएको तीव्र कमीले सुस्ताउँदो आर्थिक बृद्धि, उच्च ब्याजदर, ब्रेक्जिट, सम्भावित अमेरिका–चीन व्यापार युद्ध र बढ्दो भूराजनीतिक अनिश्चयजस्ता हाल विश्वमा देखापरेका चिन्ताको प्रतिनिधित्व गरेको छ । तर, हालै सेयर बजारमा देखिएको अस्थिरताले सन् २००८ को संकटपछि पनि एक दशकसम्म नसुध्रिएको विश्व वित्तीय प्रणालीलाई झनै खराब बनाइदिएको छ । 

पक्कै पनि संकटको समयमा पूरै वित्तीय प्रणालीलाई नै पतन हुनबाट जोगाउन सक्नु आफैँमा ठूलो सफलता थियो । तर, त्यसयता थप प्रगतिहरू भएको भए पनि सुधारका कार्यक्रम मौलिकभन्दा विघटित नै धेरै भएका छन् । वित्तीय प्रणालीमा अझै पनि पुँजीको अधिकतम विश्वव्यापी आवन्टनलाई प्रेरित गर्न चाहिने प्रभावकारी समग्र नियमहरूको अभाव छ । यो प्रवृत्तिले निरन्तरता पायो भने हामीले विन्स्टन चर्चिलको भनाइ ‘कहिल्यै पनि राम्रो संकटलाई खेर जान दिनुहुँदैन’ भन्ने भनाइलाई बेवास्ता गर्दै जोखिम मोल्न सक्छौँ । 

हामी यस्तो गर्दैनौँ भन्ने सुनिश्चित पार्न जी–२० वित्तीय स्थायित्व बोर्डको नेतृत्वमा रहेको धेरै टाढासम्म पुग्न सक्ने विश्वव्यापी वित्तको सुधारको आवश्यकता पर्छ । यस्तो खालको सुधारले थुप्रै किसिमका प्राथमिकताहरूलाई सम्बोधन गर्न आवश्यक छ । 

सुरुवातमा त हामीले वित्तका लागि विश्वव्यापी र दीर्घकालीन दृष्टिकोणलाई प्रवद्र्धन गर्न आवश्यक छ । वित्तीय प्रणालीको अल्पकालीन परिणामप्रतिको पक्षपातको दृढता उसको लेखांकन र रिपोर्टिङ अभ्यास, नाफासम्बन्धी लक्ष्य र पारिश्रमिक संरचनामा प्रतिबिम्बित छ । सक्रियतावादी कोषले यी दबाबहरूमा जोड दिइरहेको छ । अल्पकालीन प्रतिफलको आवश्यकतालाई दीर्घकालीन मूल्य निर्माणसँग सन्तुलित बनाउनु महत्वपूर्ण भए पनि वित्तीय प्रणाली निकट अवधिका लागि निकै टाढा रहेको छ ।

यदि यसको जाँच गरिएन भने यो अल्पकालीन फोकसले वास्तविक प्रगति र वित्तीय स्रोतको सही आवन्टन गर्ने क्षमतालाई नै हानि पुर्‍याउन सक्छ । औद्योगिक विकास, नयाँ बजारको निर्माण र कम्पनीको विकासका लागि स्थायी ढाँचा प्रदान गर्न पुँजीको सही आवन्टन एकदमै जरुरी छ । यी परिणामहरू विशेष गरी विश्वव्यापी तापक्रम बृद्धि  र असमानताजस्ता २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्नका लागि सही छन् । 

यसैक्रममा ‘राम्रो र सही गर’ भन्ने भावनाले वित्तीय बजारका खेलाडीलाई दीर्घकालीन लगानीका लागि प्रेरित गर्न सक्छ, जसले अन्य कुराबाहेक मानिसलाई उनीहरूको बचतको उपयोगका बारेमा विश्वस्त पार्छ । व्यवसायको प्रमुख जिम्मेवारी भनेको नाफा बढाउनु हो भन्ने मिल्टन फ्रिडम्यानको भनाइको मान्यता अब रहेन । वर्तमान वास्तविकतासँग सम्बन्धित विचारद्वारा नाफामाथि ध्यानकेन्द्रित गर्नुपर्छ । वित्तलाई समान हितका लागि प्रयोग गर्न सुदृढ ढाँचाको आवश्यकता पर्छ । 

बैंकिङ प्रणाली सन् २००८ को तुलनामा सुरक्षित भए पनि वित्तीय बजारका जोखिम भने उच्च रहेकोमा दुईमत नभएकोबारे पनि नीति–निर्माताहरूले पहिचान गर्न आवश्यक छ । विश्वमा लेभरेज संकटपूर्वको समयभन्दा उचाइमा पुगेको अन्तर्राष्ट्रिय मुद्राकोषले हालै एक प्रतिवेदनमा भनेको छ । उता केन्द्रीय बैंकको परिमाणात्मक सहजता (क्युई)ले निर्माण गरेको अत्यधिक तरलताले अमेरिकाबाहिर क्युईको अस्तित्व समाप्त हुँदा थप अस्थिरता आउन सक्ने सम्भावनालाई बढाइदिएको छ । वित्तलाई नियन्त्रित राख्न अक्षम बन्नु भनेको संरचनात्मक अस्थिरताको स्रोत हो र यसले भविष्यमा आउन सक्ने हालको भन्दा पनि ठूलो संकटमा योगदान दिन सक्छ । युरोपेली केन्द्रीय बैंकका कार्यकारी समिति सदस्य बेनोइट कोइयुरले हालै भनेका छन्, ‘संकटको मेसिन अझै पनि छँदै छ ।’

अन्त्यमा, वित्तीय प्रणालीप्रति मानिसहरूको विश्वासको पुनस्र्थापना नै विश्वव्यापी वित्तीय क्षेत्रमा हुने कुनै पनि प्रकारका व्यापक सुधारको लक्ष्य हुनुपर्छ । यो फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले यो वर्षको जी–७ का लागि निर्धारण गरेका लक्ष्यमध्येको एक हो । सबै क्षेत्रमा उदारवादी प्रजातन्त्रलाई बढ्दो लोकप्रियतावाद र शत्रुताले चुनौती दिइरहेको समयमा वित्तीय क्षेत्रमा विश्वास पुनः जागृत गराउनु एकदमै महत्वपूर्ण छ । आमजनतालाई वित्तीय संस्थासँग र त्यसलाई चलाउने व्यक्तिसँग समायोजन गर्ने लामो प्रक्रियामा समावेशी र जिम्मेवार वित्तीय प्रणालीको स्थापना गर्नु पहिलो कदम हो । 

१० वर्षअघि सब–प्राइम संकटले विश्वलाई ठीक यस्तै गर्ने अवसर दियो । केही समयका लागि लगभग सबै कुरा विवादका लागि खुला थियो । हुन त त्यसयता केही प्रगति र विश्वव्यापी महत्वपूर्ण प्रतिबद्धताहरू भएका त छन्, तर गर्न बाँकी कुरा भने धेरै नै छ । आर्थिक परिदृश्यको अनिश्चितता र बढ्दो लोकप्रियतावादबीच हामीले अब थप निर्णायक परिवर्तन गर्नुपर्छ ।

यदि हामी साहसी बन्न र काम सक्न सक्यौँ भने जलवायु परिवर्तन र दिगो विकासमा आफ्नो गति कायम राख्न र सामाजिक तथा आर्थिक असमानताको सम्बोधनलाई सुरु गर्न हामीले मौका पाउँछौँ । र, हुन सक्छ (हुन मात्रै सक्छ) हामी २१औँ शताब्दीमा उदाइरहेका ठूला–ठूला चुनौतीलाई ठीक गर्न सक्षम वित्तीय प्रणालीमाथिको विश्वास पुनः जागृत गर्न पनि सक्छौँ ।

बट्र्रान्ड बड्रे विश्व बैंकका पूर्वप्रबन्ध निर्देशक र ब्लुलाइक एन अरेन्ज सस्टेनेबल क्यापिटलका प्रमुख कार्यकारी अधिकारी तथा संस्थापक र विश्व आर्थिक मञ्चको अन्तर्राष्ट्रिय सुशासनमा निजी सरकारी सहकार्य र दिगो विकासमा ग्लोबल फ्युचर काउन्सिलका उपाध्यक्ष हुन् । लसेन्स डाजियानो साइन्सेस पो पेरिसमा अर्थशास्त्रका प्राध्यापक हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)www.project-syndicate.org