मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी बाउल्डर
२०७७ चैत ११ बुधबार ०८:५१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार

Read Time : < 1 मिनेट
एजेन्सी बाउल्डर
२०७७ चैत ११ बुधबार ०८:५१:००

अमेरिकाको कोलोराडोमा सोमबार एक खाद्यान्न सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा वीभत्स हत्या शृंखला रहेको जनाएको छ ।

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधिवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको बताएका छन् । 

कोलोराडोका प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सुपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेको जनाए । गोली प्रहारबाट ५१ वर्षीय प्रहरी एरिक टाल्लीको मृत्यु भएको उनले बताए । लाइभ स्ट्रिम गरिएको भिडियोमा एकजना श्वेत अधबैँसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको छ । 

राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले गत महिना पनि बन्दुक राख्नेबारेमा निर्णय गर्न संसद्समक्ष आग्रह गरेका थिए । कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको प्रतिक्रिया दिएका छन् । सुपरमार्केटभित्र रहेका घटनाका प्रत्यक्षदर्शीले पछाडिको ढोकाबाट भाग्नुअघि धेरैपटक गोलीको आवाज सुनेको बताएका छन् ।