मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत ११ बुधबार ०८:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘खुवालुङ’ हेर्ने पर्यटक बढे, धार्मिक पर्यटकीयस्थल बनाउन माग

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत ११ बुधबार ०८:५६:००

उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल सप्तकोसी नदीमा रहेको ठूलो ढुंगा खुवालुङ अवलोकन गर्ने पर्यटकहरू बढ्न थालेका छन् । किराँत धर्मावलम्बीहरूको प्राचीन इतिहास ‘खुवालुङ’को पहिचान चर्चामा आएसँगै अवलोकन गर्ने पर्यटकहरू बढ्न थालेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले सप्तकोसीमा जल यातायात मार्ग सहज बनाउन नदीभित्र रहेको ठूलो ढुंगा फुटाउने बताएपछि ‘खुवालुङ’ एकाएक चर्चामा आएको हो । किराँत समुदायको धर्म–संस्कृतिको पहिचान मात्र नभएर पूर्वीय सभ्यताको प्राचीन इतिहास भएकाले ‘खुवालुङ’ फुटाउन नदिने भन्दै किराँतका अगुवाहरूले विरोध जनाइरहेका छन् । सुनसरीको चतारादेखि उत्तरमा रहेको कोसीपुल क्षेत्रबाट सप्तकोसी नदीमा साना पानीजहाज (मोटरबोट) सञ्चालन भइरहेका छन् । ‘खुवालुङ’ चर्चामा आएपछि पानीजहाज चढेर ठूलो ढुंगा हेर्न जानेहरू बढेको जल यातायातकर्मी खगेन्द्र घिमिरे बताउँछन् । 

उदयपुरको मैनामैनी, भोजपुरको सहिदभूमि र धनकुटाको साँगुरीगढी गाउँपालिकाको संगमस्थल त्रिवेणी नदीको बीचमा खुवालुङ रहेको छ । सुनसरी जिल्लामा सप्तकोसीको तीरमा रहेका हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल वराह क्षेत्रदेखि करिब ५ किमि उत्तरमा खुवालुङ छ । जहाँ उत्तर–पश्चिमबाट सुनकोसी, दूधकोसी, भोटेकोसी, तामाकोसीलगायतका नदीहरू मिसिएर आउँछन् भने उत्तर–पूर्वबाट अरुण र तमोर मिसिएर सप्तकोसीमा परिणत हुन्छन् ।  

खुवालुङमा पर्यटक, सञ्चारकर्मीलगायतका सरोकारवालाहरू बढ्न थालेपछि नदी–किनारको बालुवामा सानो बजार नै बन्न थालेको छ । स्याउलाको छाप्रो बनाएर स्थानीयले पानी, चटपटे, चिया, बिस्कुट, चाउचाउलगायत सामग्रीहरू बिक्री गर्न थालेका छन् । स्थानीय भानु राईका अनुसार ‘खुवालुङ’ चर्चामा आएपछि  दैनिक ५० देखि सयजनासम्म मानिसहरू अवलोकनका लागि आउन थालेका छन् ।  

किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष तथा ‘खुवालुङ’ संरक्षण समिति संयोजक बलराम राईका अनुसार किराँत भाषामा ‘खुवालुङ’को अर्थ खोलाभित्र रहेको ढुंगा हो । ६ हजार वर्षपहिले किराँत पुर्खाहरूले सप्तकोसी नदी तर्न ‘खुवालुङ’को पूजा गर्ने गर्थे ।

हाल पनि उक्त क्षेत्रमा किराँतहरूले उक्त ढुंगालाई पूजा गर्ने, सन्तान भाकल गर्ने गर्छन् । उक्त स्थानमा कात्तिक र वैशाख पूर्णिमामा मेला पनि लाग्ने गरेको भोजपुर सहिदभूमि गाउँपालिका–१ का कृष्णकुमार राईले बताए । उनका अनुसार पहिले ज्यानमारा भनिँदै आएको नदीको बीचमा रहेको ठूलो ढुंगा नै किराँत सभ्यता र धर्म–संस्कृतिको इतिहास ‘खुवालुङ’ हो भनेर मुन्धुम अध्येताहरूले करिब सात वर्षअगाडि पत्ता लगाएका थिए । ‘खुवालुङ’ किराँत सभ्यताको पहिचान भएकाले जल यातायात चलाउने बहानामा नष्ट गर्न नहुने, बरु बैकल्पिक उपाय अपनाउनुपर्ने माग किराँत अगुवा र स्थानीयहरूको छ ।  

‘खुवालुङ’को संरक्षणमा लागिपर्ने  
  प्रदेश १ सभामा नेपाली कांग्रेसका सचेतक सूर्यराज राईले कसैको धर्म–संस्कृतिको इतिहासलाई मासेर गरेको विकास सकारात्मक र दिगो नहुने बताएका छन् । प्रदेश १ सभा पर्यटन प्रवद्र्धन समिति सभापति सीता थेबे पनि खुवालुङलाई वैकल्पिक उपाय अपनाएर सरकारले विकासलाई अगाडि बढाउनुपर्ने बताउँछिन् । पूर्वअर्थमन्त्री तथा सांसद इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले सप्तकोसीमा जलयात्राको मार्ग सहज बनाउन धर्म–संस्कृतिको इतिहास नै मास्न नहुने बताउँछन् ।  

धार्मिक पर्यटकीय क्षेत्र बन्ने सम्भावना 
सुनसरीको वराह क्षेत्रमा सप्तकोसी किनारमा रहेको हिन्दूहरूको पवित्र धार्मिकस्थल वराह क्षेत्रजस्तै खुवालुङ पनि प्रसिद्ध धार्मिक क्षेत्र बन्ने स्थानीयवासी र किराँत अगुवाहरू बताउँछन् । सरकारले संरक्षण गरेमा खुवालुङ विश्वभरिका किराँतहरूको प्रसिद्ध धार्मिक स्थान मात्र नभएर ऐतिहासिक पर्यटकीय स्थल बन्ने प्रदेश १ सभा अर्थ समिति सभापति मोहनकुमार खड्काले बताए । उनी भन्छन्, ‘किराँतहरूको खुवालुङको इतिहास पनि बैकल्पिक उपाय अपनाएर संरक्षण गर्नैपर्छ ।