१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार १९:२६:००

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले स्वागत गरे । 

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ गएकी थिइन् । उनले बंगलदेशमा रहँदा उच्चस्तरीय भेटवार्तासमेत गरेकी थिइन् । 

चार समझदारीपत्रमा हस्ताक्षर
नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदबीच राष्ट्रपति भवनमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

दुई देशका आपूर्तिसचिवहरूबीच रोहनपुर–सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा र कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपालबाट वाणिज्यसचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, दुई देशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा र सन् २०२२ देखि २०२५ सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । दुवैमा नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले हस्ताक्षर गरेका छन् । राष्ट्रपतिद्वयको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।