मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८० हजार घुससहित पक्राउ परेका रेन्जरसहित दुईजनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार १६:५३:००

८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका वनका रेन्जर र सामुदायिक वनका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

बरामद काठको मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप लागेका धनगढीस्थित सवडिभिजन वन कार्यालयका रेन्जर रामऔतार चौधरी र बिचौलिया भनिएका सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानाविरुद्ध कारबाही अगाडि बढाइएको हो ।

कैलालीमा वनको टोलीले ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको थियो । तर, चौधरीले ‘काठको मुद्दा मिलाइदिन्छु’ भनेर घुस लिएको दाबी अख्तियारको छ ।