Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमले पौने २ अर्ब लागतमा कर्पोरेट भवन बनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:१७:००

नेपाल आयल निगमले बबरमहलस्थित हालको केन्द्रीय कार्यालय भत्काएर आधुनिक कर्पोरेट भवन बनाउने भएकोे छ । ०७२ वैशाखको भूकम्पले हालका तीनवटै भवन चर्काएकाले नयाँ भवन बनाउन टेन्डर आह्वान गरिएको हो । आयल निगमको इन्जिनियरिङ तथा परियोजना विभागका उपनिर्देशक मनोज ठाकुरका अनुसार नयाँ भवन १० तलाको हुनेछ ।

‘यसको बेसमेन्ट (अन्डरग्राउन्ड) पार्किङ दुई तलाको हुनेछ । त्यसपछि जमिनमाथि १० तलाको भवन बन्नेछ,’ ठाकुरले भने, ‘जमिनमाथि पनि ४ तलाको आधुनिक भवन र ६ तलाको टावर बन्नेछ ।’ माथिल्लो १० तलामा बैठक, गोष्ठी र अन्तक्र्रिया गर्न मिल्ने सभाहल बन्नेछ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी बन्न लागेको भवनको अधिकतम लागत करिब १ अर्ब ७९ करोड लागत अनुमान गरिएको छ ।

नयाँ भवनका प्रत्येक कोठा कुन तहका कर्मचारीलाई कति खुला ठाउँ हुनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने ठाकुरले बताए ।‘लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन लागिएको छ,’ उनले भने । हाल तीनवटा अलग–अलग भवनमा निगमको केन्द्रीय कार्यालय छ । तीनवटै भवनलाई ०७२ को भूकम्पले क्षतिग्रस्त गरेका कारण सरकारले रातो स्टिकर टाँसेको थियो । भवन असुरक्षित रहेको पाएपछि निगमले नयाँ भवन बनाउने गृहकार्य अघि बढाएको हो ।

नयाँ भवनका लागि तीन वर्ष निर्माण अवधि राखिएको छ । यो अवधिसम्म निगमले टेकुस्थित साबिकको नेसनल टे«डिङको भवन प्रयोग गर्नेछ । आयल निगमले ५ वर्षअघि नेसनल टे«डिङको सम्पूर्ण संरचना खरिद गरेको थियो ।