मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७७ चैत १० मंगलबार ०६:४४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा दिनप्रतिदिन संक्रमण बढ्दै

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७७ चैत १० मंगलबार ०६:४४:००

भारतमा कोरोना भाइरस संक्रमित र मृतक संख्यामा फेरि वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार सात सय २१ संक्रमित भएका छन् । डब्लुएचओका अनुसार एकै दिन एक सय ७८ जनाको मृत्यु भएको छ । नयाँ थप भएको संख्या २०२१ कै सबभन्दा ठूलो हो ।

भारतमा अहिलेसम्म एक करोड १६ लाख ४६ हजार ८१ संक्रमित भएका छन् । संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि गम्भीर अवस्थामा छन् । एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

यो एक सातामा भारतमा ६७ प्रतिशतले संक्रमित संख्या बढेको छ । भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप सुरु भएको थियो । यो तीन महिनाभित्र चार करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा २४ घन्टामा आठ सय २३ जनामा कोरोना भाइरस देखिएको थियो ।

नयाँदिल्लीमा कोरोना सुरु भएयता १० हजार ९५६ जनाको मृत्यु भइसकेको छ । यसैबीच, गुजरातमा स्वतन्त्र रूपमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । होलीको अवसरमा एक–अर्काविरुद्ध रङ लगाउने र पानी छर्कने जस्तो कार्य नगर्न भनिएको छ । पन्जाबमा नाइट कफ्र्यु जारी भएको छ । 

विरोधमा ३३ जना पक्राउ
युरोपमा लडडाउन घोषणासँगै विरोध कार्यक्रम जारी नै छ । युरोपका विभिन्न सहरमा दश हजारभन्दा बढी प्रदर्शनकारीले विरोध जनाएको बिबिसीले जनाएको छ । जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रिया, बुल्गेरिया, स्विट्जरल्यान्ड, रोमानिया, पोल्यान्ड, फ्रान्स र बेलायतका नागरिकले सोमबार बिहानदेखि नै विरोध कार्यक्रम आयोजना गरेको बिबिसीको भनाइ छ । मध्यलन्डनमा प्रदर्शनका क्रममा प्रदर्शनकारी र पुलिसबीच झडप भएको छ । यसक्रममा पुलिसले ३३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । 
अधिकांश प्रदर्शनकारीले ‘घरमा थुनिँदा बालबच्चाको भविष्य बर्बाद भएको र नक्कली कोरोना महामारी’ शब्द राखी पोस्टर प्रदर्शन गरेका छन् । बेलायतको विभिन्न सहरमा लकडाउन चलिरहेको छ । ‘लामो समयसम्मको लकडाउनले दैनिक जीवन कष्टकर बनेको र रोगजारीको अवसर गुमिरहेको छ,’ प्रदर्शनकारीले भने, ‘हामी स्वतन्त्र जीवन बिताउन चाहन्छौँ ।’ बेलायत सरकारले लकडाउनको विरोधमा कुनै कार्यक्रम नगर्न निर्देशन दिएको छ । 

जर्मनीमा लकडाउन थप्ने तयारी
जर्मनी पछिल्लो समय संक्रमित संख्या बढेको युरोपियन देशमा पर्छ । संक्रमित संख्या नियन्त्रण गर्न जर्मन सरकारले लकडाउन थप्ने तयारी गरिरहेको छ । यसअघि यहाँ १८ अप्रिलसम्म लकडाउन घोषणा भएको थियो । संक्रमण रोक्न सरकारले ‘प्रोपोजल’ तयार पारेको बिबिसीले जनाएको छ ।

चान्सलर एन्जेला मर्केलले छिटै प्रोपोजल प्रस्तुत गर्ने भएकी छन् । रिजनल तथा नेसनल लिडर्सको बैठकमा मर्केलले प्रोपोजल बुझाउन सक्नेछिन् । यस बैठकले लकडाउन थप्न सक्ने अनुमान गरिएको छ ।

आइतबार मात्र जर्मनीमा ४४ हजार नौजना संक्रमित भएका छन् । जर्मनीको कासेल सहरमा आइतबार २० हजार प्रदर्शनकारीले लकडाउनको विरोध गरेका छन् । यता, पोल्यान्डमा आंशिक रूपमा लकडाउन भएको छ ।