मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ९ सोमबार १६:३४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमले कर्पोरेट भवन बनाउँदै

Read Time : < 1 मिनेट
२०७७ चैत ९ सोमबार १६:३४:००

नेपाल आयल निगमले बबरमहलस्थित हालको केन्द्रीय कार्यालय भत्काएर आधुनिक कर्पोरेट भवन बनाउन टेन्डर आह्वान गरेको छ । ०७२ वैशाखको भूकम्पले हालको तीनवटै भवन चर्काएकाले नयाँ भवन बनाउन लागिएको निगमले जनाएको छ ।

आयल निगमको इन्जिनियरिङ तथा परियोजना विभागका उपनिर्देशक मनोज ठाकुरका अनुसार नयाँ भवन १० तलाको हुनेछ । ‘यसको अन्डरग्राउन्ड पार्किङ दुई तलाको हुनेछ । त्यसमाथि १० तलाको भवन बन्नेछ,’ ठाकुरले भने, ‘जमिनमाथि पनि चार तलको आधुनिक भवन र ६ तलाको टावर बन्नेछ ।’

माथिल्लो १० तलामा बैठक, गोष्ठी र अन्तत्र्रिmया गर्न मिल्ने सभाहल बन्नेछ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी बन्न लागेको भवनको अधिकतम लागत करिब पौने दुई अर्ब अनुमान गरिएको छ । नयाँ भवनको प्रत्येक कोठा कुन तहको कर्मचारीलाई कति खुला ठाउँ हुनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने ठाकुरले बताए ।

‘लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन लागिएको छ,’ उनले भने । हाल तीनवटा अलग अलग भवनमा निगमको केन्द्रीय कार्यालय छ । तीनवटै भवनलाई ०७२ को भूकम्पले क्षतिग्रस्त गरेका कारण सरकारले रातो स्टिकर टाँसेको थियो ।  भवन असुरक्षित रहेको पाएपछि निगमले नयाँ भवन बनाउने गृहकार्य अघि बढाएको हो ।

नयाँ भवनका लागि तीन वर्ष निर्माण अवधि राखिएको छ । यो अवधिसम्म निगमले टेकुस्थित साबिकको नेसनल टे«डिङको भवन प्रयोग गर्नेछ । आयल निगमले पाँच वर्षअघि नेसनल टे«डिङको सम्पूर्ण संरचना खरिद गरेको थियो ।