मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ९ सोमबार ०७:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

Read Time : < 1 मिनेट
२०७७ चैत ९ सोमबार ०७:५०:००

रुपन्देहीमा एक १९ वर्षीया युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीमा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश चौधरीलाई १९ वर्षीया युवतीलाई बलात्कार र हत्या प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारपछि झोलाको फित्ताले केहीबेर घाँटी कसेपछि बेहोस भएकी युवतीको मृत्यु भएको ठानेर नजिकैको खाडलमा फाली चौधरी फरार भएको दाबी पीडितको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुदालीका अनुसार पीडित युवतीकी आमाले प्रहरीमा जाहेरी दिएपछि चौधरी पक्राउ परेका हुन् । प्रहरीले जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ । 

प्रहरीमा परेको जाहेरीमा शनिबार बिहान करिब ५ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएकी ती युवतीलाई चौधरीले बलात्कारपछि हत्या प्रयास गरेका थिए । फरार रहेको अवस्थामा आइतबार रुपन्देहीबाट प्रहरी जवान पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले अदालतबाट पाँच दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान अगाडि बढाएको छ । 

युवती र आरोपित थारूको सामाजिक सञ्जालमार्फत चिनजान भएको हुन सक्ने देखिएको तर अनुसन्धानपछि मात्रै सबै खुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरी जवान चौधरीले आफूले बलात्कार नगरेको, तर आवेशमा आई झोलाको फित्ताले घाँटी कसेको प्रारम्भिक बयान दिएका छन् । पीडित पक्षले भने ललाई–फकाई बलात्कार गरेपछि पोल खुल्ने डरले झोलाको फित्ताले घाँटी कसेर हत्या प्रयास गरेको उजुरीमा उल्लेख छ ।