मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दाँतको पहेँलोपना हटाउने घरेलु उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार ०८:४२:००

पहेँलो दाँतले मानिसको व्यक्तित्वमा नै असर पु-याइरहेको हुन्छ । यही कारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन् । यतिसम्म कि हाँस्दासमेत मुखमा हात राख्नुपर्ने बाध्यता हुन सक्छ । दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । जसमा बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यस्तो समस्याको सजिलैसँग घरमै उपचार गर्न पनि सकिन्छ ।

खाने सोडा
खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ । यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।
कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

नरिवलको तेल
नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।