Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ फाल्गुण ३ शुक्रबार ०८:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बन्छ घरमै केएफसी

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण ३ शुक्रबार ०८:१९:००

किन्ताकी फ्राइड चिकेन अर्थात् केएफसी अमेरिकाको एउटा फास्टफुड रेस्टुरेन्ट हो । यो बिक्रीका आधारमा संसारकै दोस्रो ठूलो रेस्टुरेन्टमा पर्छ । यसका फ्रेन्चाइज शाखा विश्वभर २० हजारभन्दा बढी पुगेका छन् । यसका शाखा नेपालमा पनि बिस्तार भइसकेका छन् । त्यसैले त केएफसीका पारखी संसारमा करोडौँ पुगेका छन् । अन्य फ्राइड चिकेनभन्दा भिन्न स्वाद र पृथक मानिने केएफसी घरमै पनि सजिलैसँग बनाउन सकिन्छ । मात्र आवश्यक सामग्री जुटाउनुपर्छ ।

सामग्री
    एउटा ७ सयदेखि ८ सय ग्रामको चिकेन र फिटेको ठूलो  एउटा अन्डा ।
    एक/एक कप बटरमिल्क र मैदा ।
    एक/एक चिया चम्चा ओरेगानो, सस्र्युंको धुलो, धुलो खुर्सानी, बेसिल, मरिचको धुलो र नुन । 
    दुई/दुई चिया चम्चा पाप्रिका पाउडर, गार्लिक पाउडर र दूध पाउडर तथा तीन चिया चम्चा ओनियन पाउडर ।
    एक लिटर वनस्पति तेल, आधा÷आधा चम्चा केसर साल्ट, ब्राउन सुगर, आधा चिया चम्चा थाइम पाउडर र जिन्जर पाउडर पिन्च ।
विधि
    चिकेनलाई राम्ररी सफा गरेर पानीबाट सुक्खा बनाउनुस् र चार या ६ पिसमा टुक्र्याउनुहोस् ।  उल्लेखित सम्पूर्ण मसला, अन्डा, पिठोलगायत आधा मसला हालेर काटेको मासुलाई मोल्नुहोस् र दुई–तीन घन्टा राखिदिनुहोस् ।

बाँकी सम्पूर्ण आधा मसला र तीन चम्चा पिठो एउटा बाटामा हालेर मिसाउनुहोस् र चिकेनलाई रोस्ट गरी पिठोले कभर (डस्ट) गर्नुहोस् र तातेको तेलमा मध्यम आँच (मिडियम हिट)मा फ्राई गर्नुहोस् । 
    १५ देखि २० मिनेटमा तेल पूर्ण रूपमा तात्छ र क्रिप्सी पनि ।
    चिकेनको भित्री भाग पाकेको या नपाकेको भन्ने सिन्का रोपेर या चिकेनको पिसलाई भाचेर जाँच्न सकिन्छ ।
    क्रिप्सी फ्राइड चिकन केचप र क्लोस्लो सलाद, स्पाइसी पोटेटो वा फ्रेन्च फ्राईसँग खान सकिन्छ । 
र, क्लोस्लो सलाद
    क्लोस्लो सलाद संसारभर प्रसिद्ध एक स्विट सलाद हो । नेपालमा पनि धेरैलाई मनपर्छ, यो । विशेषगरी फ्राइड चिकेनसँग राम्रोसँग सुट गर्ने सलादमा पर्छ । 
    मसिनो गरी जुलियन काटेको बन्दा र गाजरसँग मायोनिज ससले मोलेर नुन, मरिच, थोरै चिनी हाली यो सलाद तयार गरिन्छ ।
    यो सलाद मोल्नासाथ खाँदा राम्रो हुन्छ । लामो समयपपछि खाएमा खासै स्वाद आउँदैन । जति लामो समय राख्यो त्यति स्वादहीन हुँदै जान्छ ।
फ्रेन्चफ्राइज पनि...
    ठुल्ठूलो आलु छान्नुहोस् र ताछेर फिंगर कटमा काट्नुहोस् ।
    उम्लेको पानीमा ८० प्रतिशत पाक्नेगरी उसिनिदिनुहोस् र पानीबाट छानेर चिसो बनाउनुहोस् ।
    चिसो हुनासाथ तातेको तेलमा फ्राई गर्नुहोस् र क्रिप्सी हुनासाथ निकालेर नुन छर्कनुहोस् ।
    अनि, ताततातो केएफसीसँग खानुहोस् ।