मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ७ शनिबार १३:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटार बैठकमा नेपाल–खनाल पक्षका सांसदहरूको पाँचबुँदे असहमति (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ७ शनिबार १३:४८:००

सत्तारुढ एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति राखेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा जम्मा भएका नेपाल–खनाल पक्षका सांसदको पाँचबुँदे असहमति बालुवाटारमा भएको बैठकमा पेश भएको छ ।

३८ सांसदको लिखित असहमति पत्र लिएर जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेलगायतका सांसद बालुवाटार पुगेका थिए । बैठक विधिसम्मत नभएको, एमालेको नवौँ महाधिवेशनबाट पारित भएको विधानअनुसार सबै कामकारबाही अगाडि बढ्नुपर्ने, संसदीय दलको बैठक पनि सोही विधानले निर्देशित गरेअनुसार हुनुपर्ने, दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै संसदीय दलको बोर्ड गठन गर्ने प्रावधान मिचिएकोलगायतका विषयमा असहमति जाहेर गरेर सांसद श्रेष्ठले जानकारी दिए । 

दलको बैठक संसदीय दलको कार्यालय वा संसद् भवनमा आयोजना गर्नुपर्ने विषयमा पनि नेपाल–खनाल पक्षले उठाएको छ । अदालतको फैसालपछि ब्युँतिएको एमालेको निर्वाचित कमिटीको बैठक हुनुपर्ने र केन्द्रदेखि स्थानीय तहसम्मै पुनर्स्थापित अवस्थाबाटै कामकारबाही गर्नुपर्ने गर्ने विषय स्पष्ट रूपमा राखेको उनले बताए ।