मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत ७ शनिबार ११:१८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत ७ शनिबार ११:१८:००

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ । नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरूलाई सहभागी गराएर देशकै चर्चित विराट गोल्डकप प्रतियोगिता २०७७ को २६ चैतदेखि ४ वैशाख २०७८ सम्म नाइट सिफ्टमा  आयोजना हुने भएको हो । 

विराट गोल्डकप फुटबल ट्रस्ट आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार  विराटनगरको सहिद रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश १ सरकारकोे सहयोगमा १५ करोड बढी खर्चेर अत्याधुनिक ‘फलड लाइट’ जडान भइसकेको छ । 

तीन महिना अगाडिदेखि मैदान तयारीको काम पनि सम्पन्न गरिसकिएअनुसार ‘विराट गोल्डकप हाम्रो गौरव’ भन्ने नारासहित आयोजना हुनेछ । प्रतियोगितामा नेपाल,भारत र क्यामरुनका जम्मा ११ टिम सहभागी हुनेछन् । प्रतियोगिता हरेक दिन साँझ ७ बजेदेखि सुरु हुनेछ । 

विजेतालाई १५ र उपविजेता टिमलाई सात लाख 
संयोजक शाहका अनुसार प्रतियोगिताको विजेता टिमलाई १५ लाख १५ हजार अनि उपविजेतालाई सात लाख ५१ हजार राशिको पुरस्कारसहित कप र सिल्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइलक प्राप्त गर्नेछन् । यसैगरी पराजित भएर घर फर्कने सबै टिमलाई २०, ३० र ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाउनेछन् । प्रतियोगितामा म्यान अफ दी म्याचले १५ हजार प्रशिक्षक, गोलकिपर मिड फिल्डर डिफेन्स, फर्वार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । 

पञ्जाब पुलिस, टाटा एकेडमी र क्यामरुनी टिम मुख्य आकर्षण 
प्रतियोगितामा भारतको पञ्जाब राज्यको पञ्जाब पुलिस, झारखन्ड टाटा एकेडमी र क्यामरुनको अफ्रिकन रुटस एसोसिएसन पहिलोपटक मुख्य आकर्षकका रूपमा सहभागी हुनेछन् । यसैगरी नेपालको मनाङ मर्स्याङ्दी, शसस्त्र प्रहरी, नेपाल पुलिस, संकटा, मच्छिन्द्र क्लब, गोर्खा ब्बाइज, रुपेन्देही र विराटनगर ११ टिम सहभागी हुनेछन् । 

मैदानको ३५ स्थानमा सिसिटिभी जडान  
कोरोना संक्रमणलाई ख्याल गर्दै प्रगियोगितामा सबै दर्शकलाई मास्क अनिवार्य गरिनेछ । साथै सात हजार क्षमता भएको रंगशालामा भौतिक दूरीका लागि दैनिक पाँच हजारभन्दा बढी टिकट बिक्री गरिनेछैन । प्रतियोगितामा दुई हजार रुपैयाँको सबै प्रतियोगिता हेर्न मिल्ने गरी सिजनल टिकटको पनि व्यवस्था गरिएको छ । रात्रिकालीन प्रतियोगिता भएकाले खेलमैदान र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने र त्यसका लागि प्रहरीको सहयोगमा ३५ वटा सिसिटिभी क्यामेरा जडान भइसकेको छ ।