मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १९ शनिबार
  • Saturday, 03 July, 2021
२०७७ चैत ७ शनिबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्स्याङ्दीले बगाएर एक  बालिका बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ चैत ७ शनिबार ०८:५७:००

मर्स्याङ्दी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छिन्  । बेँसीसहर नगरपालिका–१० बाँझाखेत चौर बस्ने वर्ष १३ की पूजा रानालाई पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाएको हो ।

राना भैँसी चराउने क्रममा साथीहरूसँग दिउँसो मर्स्याङ्दीमा पौडी खेल्न गएकी थिइन । पौडी खेल्ने क्रममा रानालाई दिउँसो करिब २ बजे मर्स्याङ्दीले बगाएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।

बालिकाको शव शुक्रबार दिनभर प्रहरी र स्थानीय बासिन्दाले खोजी गरे पनि फेला पार्न सकेको छैन । बालिकाको स्थायी घर  दाङ तुल्सीपुर–१० भए पनि हाल फुपूको घरमा बस्दै आएकी थिइन् ।