१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ चैत ६ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ सयको कफीलाई ४० हजारमा बिक्री गरेको आरोपमा रसियन नागरिकसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ चैत ६ शुक्रबार १६:२४:००

 ग्रिन कफीको नाममा ठगी गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । रसियन नागरिक इगोर कुट्स र नयाँ बजारका आशिष महर्जनलाई ब्युरोले पक्राउ गरेको हो । 

उनीहरूले ग्रिन कफीको नियमित सेवनले मोटोपन घटाउने भन्दै भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै आएको सिआइबीले जनाएको छ । प्रतिकेजी नौ सय ७० रुपैयाँमा नेपालकै ग्रिन कफी खरिद गरेर उनीहरूले किलोको २० देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए ।

खुसिबुस्थित टिम वान सप्लायर्समार्फत ग्रिन कफी बिक्री गर्दै आएका थिए । यस्तो कफीको नियमित सेवनबाट कुनै डाइटिङ र विनाव्यायाम सातामा १३ किलोसम्म घट्ने भन्दै भ्रममा पारेर ठगी गरेका थिए । 

सिआइबीकी एसपी गंगा पन्तका अनुसार यस्तो ठगीमा अन्तर्राष्ट्रिय नेटवर्क देखिएको छ । रसिया र भारतमा समेत यसैगरी झुक्याएर ठगी हुने गरेको सिआइबीको छानबिनमा खुलेको हो । पक्राउ परेका रसियन नागरिकबाट बिटक्वाइन माइनिङमा प्रयोग हुने उपकरणसमेत बरामद भएको सिआइबीले जनाएको छ ।