१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान मात्रै होइन, लोकतन्त्र र गणतन्त्रलाई नै समाप्त पार्ने हिसाबले संसद् विघटन गरियो : पम्फा भुसाल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १४:३४:००

नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी ओलीले संविधान मात्रै नभई, लोकतन्त्र र गणतन्त्रलाई नै समाप्त पार्ने गरी संसद् विघटन गरेको आरोप लगाएकी छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले अब प्रधानमन्त्रीले विघटनको नैतिक जिम्मा लिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् ।

लोतकन्त्र, गणतन्त्र र संविधान भन्ने कुरा बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै हो भन्ने प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको र सर्वाेच्चले पुनर्स्थापना गरेको संसदमा बसिरहनु नैतिकताले नदिने बताइन् । 

‘देशमै हजारौँ युवा बेरोजगार, छन्, विदेशबाट फर्किएका १८ लाख युवा बेरोजगार छन् । उनीहरू के खाने, के लाउने भनेर छट्पटाइरहँदा सरकार भने बेमौसमको बाजाझैँ चुनावी नारा ओकलिरहेको छ,’ उनले भनिन् ।  तीन करोड जनता भएको देशमा १७ लाख भ्याक्सिन ल्याएर सरकार उम्किन  नपाउने उनको तर्क छ ।

उनले छिमेकी देशले उपहारमा दिएको खोपसमेत सरकारले ल्याउन नसकेको भन्दै खोप ल्याउन केले रोक्यो भन्दै प्रश्न गरेकी छन् । शिक्षा, स्वास्थ्य र रोजगारका कामहरू अलपत्र परेकोतर्फ इंकित गर्दै  उनले  सरकारलाई आर्थिक श्वेतपत्र ल्याउनसमेत आग्रह गरेकी छन् ।