Read Time : < 1 मिनेट
२०७७ चैत ६ शुक्रबार १३:४६:००
न्याय सेवा आयोगको बैठकले न्याय सेवाका सचिवको सरुवा र बढुवा सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उदयराज सापकोटाको सरुवा गरेको छ ।
मन्त्रालयका सचिव ऋषि राजभण्डारीको न्यायाधीश भएपछि सचिव पद रिक्त थियो । सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत थिए ।
त्यस्तै, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई र ऊर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीको सचिव बढुवामा सिफारिस भएको छ । बैठकले न्याय तथा सरकारी वकिल समूहका केही उपसचिव र अधिकृतको पनि सरुवा गरेको छ ।