मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १३:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले ल्याएका अध्यादेश टेबुल गर्न नपाउनु दुःखद : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १३:३४:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ल्याएका विभिन्न अध्यादेश संसदमा टेबुल हुन नपाउनु दुःखद भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले यसअघिका बैठक संसद सुचारु हुन नपाउँदै माननीयहरूको विरोधका कारण एसिड आक्रमणसँग सम्बन्धित अध्यादेश, खोपसम्बन्धी अध्यादेश र टिआरसीसम्बन्धी अध्यादेशमाथि छलफल गर्न नपाएको बताएका हुन् । 

उनले प्रतिगमन शब्द सस्तो भएको भन्दै निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने र पुग्न नपाउँदा  प्रतिगमन हुने प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्ने बताए । उनले काकाकुल सहरमा पानी आउनुभन्दा ठूलो अर्काे कुनै अग्रगमन नहुने दाबी गरे ।