मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा कार्यकारिणी समिति बैठक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १५:३१:००

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बस्ने तय गरिएको बैठक स्थगित भएको नेता केशव झाले जानकारी दिए । तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ ।

बिहीबार नै बसेको पदाधिकारी बैठक निष्कर्षविहीन भएपछि कार्यकारिणी समिति बैठक स्थगित भएको नेताहरूले बताएका छन् । बैठकले नयाँ सत्तासमीकरण र पार्टीको संगठनात्मक विषयमा निर्णय गर्ने बताइएको थियो । 

जसपाका शीर्ष नेता निरन्तर छलफलमा रहे पनि भावी सत्तासाझेदारीबारे निर्णयमा पुग्न सकेका छैनन् । एमाले, कांग्रेस र माओवादी केन्द्रसँग पनि जसपाले छलफल गरिसकेको छ । 

जसपाले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । ३४ सांसद रहेको जसपा भावी सत्तासमीकरणमा निर्णायक देखिएको छ । जसपाका दुई सांसद निलम्बनमा छन् ।