मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १४:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय बोर्ड गठन, झलनाथ खनाल र माधव नेपाल पनि सदस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १४:०४:००

सत्तारुढ दल एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

तीन सदस्य पछि थप्ने गरी सदस्य मनोनीत भएका छन् । जसमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । 

दलका नेता केपी ओली अध्यक्ष रहने बोर्डमा खनाल र नेपालसहित सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक सदस्य छन् ।

एमाले खनाल–नेपाल समूहले सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको वेला बालुवाटारमा ओलीले संसदीय दलको बैठक राखेका हुन् । 

बैठकले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन पनि गरेको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।