Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ४ बुधबार १०:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दोस्रो चरणको खोप अभियानअन्तर्गत काठमाडौं महानगरका ४८ हजारभन्दा बढीले खोप लगाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ४ बुधबार १०:४३:००

काठमाडौं महानगरपालिकाले दोस्रो चरणको खोपअन्तर्गत महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनालाई कोरोनाविरुद्धको खोप लगाएको छ । जसमध्ये २५ हजार तीन सय २५ जना पुरुष र २२ हजार सात सय ४३ जना महिलाले खोप  लगाएका छन् ।

दोस्रो प्राथमिकतामा परेकाहरूका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भएपश्चात् पुनः खोप लगाउने कार्य सुरु गर्ने  सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार सात सय १७ जनाले खोप लगाएका छन् ।

दोस्रोमा ओम अस्पताल एन्ड रिसर्च सेन्टर चाबहिलबाट तीन हजार नाै सय ४८ जना,  त्यसैगरी वीर अस्पतालबाट चार हजार तीन सय ७१, टिचिङ अस्पतालबाट तीन हजार आठ सय ४३, नेपाल प्रहरी अस्पतालबाट तीन हजार सात सय २०, हिमाल अस्पताल नक्सालबाट तीन हजार सात सय नाै, टेकु अस्पतालबाट तीन हजार दुई सय ६९,  इस्तुपा अस्पताल बौद्धबाट तीन हजार दुई सय दुई र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट तीन हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ । 

सबैभन्दा कम मदरल्यान्ड अस्पतालमा एक हजार दुई सय ६७ ले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा दुई हजार चार सय ४८ र केएमसी अस्पताल सिनामंगलमा दुई हजार ६ सय १० जनाले लगाएका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा दुई हजार आठ सय ४२, प्रसूतिगृह थापाथलीमा दुई हजार नाै सय ९९ ले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।  

केही दिनअघि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले महानगरपालिका क्षेत्रभित्रका कोभिडविरुद्धको खोप केन्द्रको अनुगमन गरेको थियो ।