मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल सिन्धुली
२०७७ चैत ३ मंगलबार १९:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुलीमा जिप दुर्घटना : चारको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०७७ चैत ३ मंगलबार १९:०३:००

सिन्धुलीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सदरमुकामबाट कमलामाई नगरपालिका– ७ करमडाँडामा यात्रु लिएर गएको बा.१७च १११७ नम्बरको जिप दुर्घटनमा परेको हो । 

कमलामाई नगरपालिका– ७ बासकटेरीका रुद्रबहादुर थापा, सोही ठाउँका रिता स्माली, दुर्गा श्रेष्ठ र मनीष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । 

जिपमा १२ जना रहेका थिए । आठजना घाइते भएका छन् ।  घाइतेमध्ये चालक भोजविक्रम थापा र यात्रु कविता श्रेष्ठको अवस्था गम्भीर रहेको लामाले बताए । घाइते थापा र श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले बताए ।