मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३ मंगलबार ०९:४३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाकिस्तानी राजदूतले भेटे गृहमन्त्री र  प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३ मंगलबार ०९:४३:००

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत सैयद हैदरले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग सोमबार बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध तथा यो वर्ष नेपाली पर्वतारोहीले पाकिस्तानको केटु हिमाल सफल आरोहण गरेको सन्दर्भमा छलफल भएको छ ।

गृहमन्त्री थापाले राजदूत शाहको सफल कार्यकालका लागि शुभकामना दिए । राजदूत शाहले आफ्नो कार्यकालमा नेपाल र पाकिस्तानबीच रहँदै आएको जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

प्रधानसेनापति थापासँगको भेटमा राजदूत शाहले दुई देशबीच रहँदै आएको सुरक्षा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । ‘भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पाकिस्तानी दूतावासका प्रेस हेर्ने अधिकारीले दुवै भेटवार्तामा दुई देशका आपसी हित र साझा मुद्दामा छलफल भएको जानकारी दिए ।