मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार १८:२७:००
Read Time : < 1 मिनेट
खेलकुद

बीबीएलको सेमिफाइनलमा सन्दीप विकेटबिहीन, मेलबर्न फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार १८:२७:००

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)को सेमिफाइनलमा विकेटबिहीन बनेका छन् । सेमिफाइनलको पहिलो खेलमा सन्दीप विकेटबिहीन भए पनि उनको टिम मेलबर्न फाइनलमा प्रवेश गरेको छ । लिगअन्तर्गत बिहीबार ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको मेलवर्नले होबार्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

होबार्ट हुरिकेन्सले घरेलु मैदानमा दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ ओभर ५ बलमा ७ बल बाँकी हुँदै पूरा गर्यो । खेलमा मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए भने सेब कोट्च ३३ रनमा अविजित रहे । त्यसबाहेक पिटर ह्याण्ड्सकम्बले ३५, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८ रन बनाए । त्यस्तै होबर्टका कुइस अहमेदले ३ र ज्याफ्रा आर्चरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले पूरै २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए भने जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाए । 

मेलबर्नका लागि भने ड्यानिएल वारेलले ४ र एडम जाम्पा तथा ड्यान ब्राभोले समान १र१ विकेट लिए । नेपालका सन्दीप भने पूरै ४ ओभर बलिङ गरे पनि विकेटबिहीन रहे । उनले ४ ओभरमा ३१ रन खर्चिए । यसपछि उनले खेलेको टिम मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको विजेतासँग खेल्नु पर्ने छ ।