१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको जीवनरक्षा सबैभन्दा बढी महत्वपूर्ण : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १ आइतबार १६:२९:००

प्रधानमन्त्री केपी ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका हुन् । 

जनताको जीवन रक्षा महत्वपूर्ण भएकाले सवारीसाधन र यात्रुहरूको सुरक्षाको प्रत्याभूति हुने गरी सडक निर्माण गर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘जनताको जीवनरक्षा हाम्रा निम्ति सबैभन्दा बढी महत्वपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हामी हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित गरिरहेका छौँ ।’ 

उनले दुर्गम ठाउँहरूमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरू कच्चा र असुरक्षित हुनु नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् । 

ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनको भनाइ छ । 

आइतबार प्रधानमन्त्री ओलीले दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका हुन् ।